Saturday, November 7, 2026
Homeसामाचारहिउँ जम्दा मुस्ताङको साङ्ता जाने बाटो अवरुद्ध

हिउँ जम्दा मुस्ताङको साङ्ता जाने बाटो अवरुद्ध

काठमाडौं। हिमाली जिल्ला मुस्ताङस्थित साङ्ता गाउँ जाने बाटो हिउँ नपग्लेकै कारण अझै बन्द रहेको छ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले बाटो खुलाउने प्रयास जारी राखेको भए पनि हालसम्म आवागमन सुचारु गर्न नसकिएको जनाइएको छ। करिब ४५०० मिटर उचाइमा रहेको सो बाटोमा अत्यधिक हिउँ जमेकाले सडक सञ्चालनमा समस्या आएको हो।

उपल्लो डोल्पा आवतजावतका लागि व्यापारी, स्थानीय बासिन्दा र पर्यटकहरूले यही मार्ग प्रयोग गर्ने गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका