Friday, October 23, 2026
Homeदेश र प्रदेशहिउँमा फसेका बाबु छोराको हेलिकप्टरबाट उद्धार गरिँदै

हिउँमा फसेका बाबु छोराको हेलिकप्टरबाट उद्धार गरिँदै

ताप्लेजुङ : बिहीबारदेखि हिउँमा फसेका ताप्लेजुङ मिक्वाखोला–५ का लाक्पाटासी र पासाङछिरिङको उद्धारका लागि हेलिकप्टर गएको छ। वडाध्यक्ष डण्डु लामाको पहलमा आइतबार बिहान हेलिकप्टर गएको हो।

लोदेन खर्कमा गोठ सञ्चालन गरिरहेका उनीहरु हिउँपहिरो जान थालेपछि फसेका थिए। वरिपरि हिमपहिरो गएको र बीचको ओडारमा आफूहरु जोगिएर बसेकाले उद्धारका लागि शनिबार दिउँसो आफन्तलाई फोन गरेका थिए। त्यसपछि सम्पर्क नभएको लामाले बताए। हिमपहिरोले उनीहरुको २५ याक बगाएको छ।

‘उद्धारका लागि जान लागेका छौं,’ वडाध्यक्ष लामाले भने, ‘स्वास्थ्य अवस्था ठिकै रहेछ भने गाउँमा नभए अस्पताल लैजान्छौं।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका