Tuesday, September 1, 2026
Homeमुख्य समाचारहाल ड्राइभिङ अनुमति पुनर्स्थापना अवधि १० वर्ष ?

हाल ड्राइभिङ अनुमति पुनर्स्थापना अवधि १० वर्ष ?

हाल ड्राइभिङ अनुमति पुनर्स्थापना अवधि १० वर्ष ?

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष तोकिएको छ । अहिले यातायात कार्यालयहरुमा थेगिनसक्नु भीडभाड हुने र स्मार्ट लाइसेन्ससमेत सहज बनाउन नसकिएको भन्दै १० वर्षे अवधि राख्न थालिएको हो । त्यसका लागि यातायात व्यवस्था विभागले प्रस्तावित सवारी तथा यातायात व्यवस्था ऐन, २०७७ मा अनुमतिको समयावधि १० वर्ष पुयाउने प्रस्ताव गरेको छ । पछि यो ऐन जारी भएसँगै लामो समयदेखि निरन्तर चल्दै आएको पुनर्स्थापना १० वर्षमा गरिने छ ।अहिले लाइसेन्स नवीकरण गर्दा बायोमेट्रिक, स्वास्थ्य परीक्षण लगायतका लागि यातायात कार्यालय नै पुग्नुपर्ने भएको कारण यातायात कार्यालयहरुमा भीड हुने गरेको छ।

चालकहरुले ट्रायल पास गरेर पनि नयाँ लाइसेन्स लिनका लागि एकवषएभन्दा धेरै कुर्नुपर्ने र नवीकरण गराउनेले पनि एक वर्षभन्दा बढी कुर्नु परेकोले १० वर्षे अवधि राखेमा केही सहज हुने सरकारी बुझाई छ ।

विभागको तथ्यांक अनुसार अहिले नवीकरण गर्न निवेदन दिनेहरुले र ट्रायल पास गरेकाहरुले रसिद बोकेर मात्रै गाडी चलाउनु परेको छ । यसरी लाइसेन्स पाउन नसकी रसिद बोक्नेहरुको संख्या करिब ६ लाख रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका