Sunday, November 8, 2026
Homeसामाचारहराएका हतियार बुझाउन गृह मन्त्रालयको आग्रह, छानबिन आयोगले सुरु गर्यो काम

हराएका हतियार बुझाउन गृह मन्त्रालयको आग्रह, छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा सुरक्षा निकायको साथबाट हराएका हतियार र खरखजान फेला परे नजिकैको सुरक्षा निकायमा यही असोज मसान्तभित्र बुझाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, तोकिएको म्यादभित्र हराएका हतियार वा खरखजान बुझाउने वा जानकारी दिने व्यक्तिलाई मन्त्रालयले उचित सम्मान गर्नेछ । तर तोकिएको म्यादपछि फेला परे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

यसैबीच, सोही घटनामा भएका भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ । गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगलाई जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र आवश्यक राय दिने कार्यादेश दिइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता काफ्लेले आयोगको कार्यक्षेत्रभित्रका विषयमा नियमित सरकारी संयन्त्रबाट तत्काल कारबाही नहुने तर गैरकानुनी गतिविधिमा भने कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका