काठमाडौं – नयाँ सरकार गठनसँगै देशभर आम नागरिकको जनजीवन सामान्य भएको छ।
आन्दोलनपछि विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइएको कर्फ्यू र निषेधाज्ञा हटाइसकिएको छ। नागरिकहरू आफ्नो पेशा र व्यवसायमा संलग्न भएका छन् भने युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशीको वातावरण छाएको छ। शान्ति सुरक्षाको अवस्था पनि सामान्य रहेको छ।
भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित अघि बढेको जेनजी पुस्ताको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।
सरकारले आमनागरिकको चाहनाअनुसार शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभव दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।


