Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियहङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

हङकङमा प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्म जेल सजाय सुनाइयो

काठमाडौं: हङकङको एक अदालतले प्रजातन्त्र समर्थक कार्यकर्तालाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

यी लोकतन्त्र समर्थक कार्यकर्ताहरू विवादास्पद राष्ट्रिय सुरक्षा कानूनको विरुद्धमा छन्।

अदालतले प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई चार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।

अदालतले ४७ कार्यकर्ता, विपक्षी सांसद र अधिकांश सर्वसाधारणलाई तोडफोडको षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

अमेरिकाले यसलाई राजनीतिबाट प्रेरित भनेको छ। जबकि चीन र हङकङले कानुन र स्थिरताका लागि यो आवश्यक भएको बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका