Friday, April 17, 2026
Homeदेश र प्रदेशस्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बीम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो ।

स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका