Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियसोमालियाको राजधानीमा भएको विष्फोटमा परी कयौंको मृत्यु

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कयौंको मृत्यु

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । सिन्ह्वासँग कुराकानी गर्दै (नाम नखुलाइकन) एक प्रहरी अधिकारीले  मोगादिसुको जंक्शन नजिकै भएको विष्फोटमा धेरै हताहत भएको बताएका छन्।

प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।   त्यसैगरी  प्रत्यक्षदर्शीहरुले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका