Sunday, May 31, 2026
Homeदेश र प्रदेशप्रदेश ७सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको पल्ला भारी

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको पल्ला भारी

क्षेत्रीय निर्वाचन कार्यालय धनगढीमा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा थप तीन जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा पूर्वएमाले प्रमुख सचेतक तारा लामा तामाङ, भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी र पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल हुन् ।

सनाखत गर्ने तामाङ एमालेका कञ्चनपुर र भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सोडारी कैलालीका अध्यक्ष हुन् । रावल सुदूरपश्चिम प्रदेशका पूर्वराज्यमन्त्री हुन् ।
प्रमुख प्रेमराज भट्टले बताए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रहेकी पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद, पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, सांसद बलबहादुर सोडारी, अमर साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी र एमाले प्रमुख सचेतक दुर्गा कामीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशमा नवगठित एकीकृत समाजवादीमा जनप्रतिनिधिको सनाखत गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा र स्थानीय जनप्रतिनिधिलाई एमाले वा एकीकृत समाजवादी रोज्न २२ भदौसम्मको समय दिएको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका