काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी माग गरेका छन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।
गुरुङको घरदैलो कार्यक्रमको क्रममा रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको छ।
पत्रमा रास्वपा जिल्ला समिति सचिव मिलन रानाले उल्लेख गरेका छन्, “विभिन्न गोप्य सूचनाका आधारमा हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट सुदन गुरुङलाई व्यक्तिगत सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु।”



