काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले सीमा विवादका विषयमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन्। सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विवादित क्षेत्र नेपालकै भूमि भएको र समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।
मन्त्री पोखरेलका अनुसार सीमा विवादबारे परराष्ट्र मन्त्रालयले यसअघि नै आधिकारिक रूपमा नोट जारी गरिसकेको छ। उक्त नोटको जवाफमा भारत सरकारले पनि सहकार्य र संवादमार्फत समाधान खोज्न सकारात्मक संकेत दिएको उनले जानकारी दिए।
‘दुई देशबीचको आपसी सहकार्य र संवादबाटै यस समस्याको समाधान निकालिनेछ,’ उनले भने।


