सिरहा । सिरहा कारागारभित्र तनावपूर्ण अवस्था सिर्जना भएको छ। कारागारका नाइकेलाई पक्राउ गरेपछि विवाद चर्किँदा कैदीबन्दीहरूले तोडफोड तथा आगजनी गरेका हुन्।
प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि बढेपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। यादव पक्राउ परेको विरोधमा उनका समर्थक कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनी गर्दै आक्रोश प्रदर्शन गरेका थिए।
घटनाका क्रममा कारागारभित्रबाट गोली र ठूलो परिमाणमा नगद रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनापछि कारागार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ र स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको सुरक्षा निकायले जानकारी दिएको छ।


