Saturday, November 7, 2026
Homeसामाचारसिमरामा जेनजीको प्रदर्शन कायमै, कर्फ्यू आदेश जारी

सिमरामा जेनजीको प्रदर्शन कायमै, कर्फ्यू आदेश जारी

बारा । बाराको सिमरामा जेनजी समूहका युवाहरूले बिहीबार पनि प्रदर्शन जारी राखेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

बुधबार भएको झडपको विरोधमा जेनजी युवाहरू बिहान ११ बजेदेखि सिमरा चोकमा भेला भई प्रदर्शनमा उत्रिएका थिए। भीड नियन्त्रणमा कठिनाइ देखिएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको र स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आवश्यक परेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार कर्फ्यू बिहीबार दिउँसो १२:४५ बजेदेखि साँझ ८ बजेसम्म लागू हुनेछ।

बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाहरूबीचको विवाद चर्किँदा सिमरा क्षेत्र तनावग्रस्त बनेको थियो। एमाले नेता शंकर पोखरेल र महेश बस्नेत चढेको विमानलाई सिमरा विमानस्थलमा अवतरण हुन नदिन खोजिएपछि स्थिति बिग्रिएको बताइएको छ।

आफूहरूमाथि कुटपिट गर्ने एमाले कार्यकर्ताको पक्राउको माग राख्दै जेनजी समूहले प्रदर्शन निरन्तर जारी राखिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका