Friday, May 1, 2026
Homeकला/साहित्यसाहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल

साहित्यिक पत्रकार संघको अध्यक्षमा दुवाल

नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । काभ्रेको बनेपामा शुक्रबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन भएका छन् ।

त्यस्तै संघको केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा भएका छन् ।

वि.सं. २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे वनेपा घोषणापत्र समेत जारी गरेको छ ।

सम्मेलनको उद्घाटन गर्दै सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको बताए । उनले साहित्यिक पत्रकारिता देशको जेठो पत्रकारिताको रुप धारण गरे पनि त्यसले गति लिन नसक्नुका मुख्य कारण राज्यले आवश्यक सहयोग गर्न नसक्नु रहेको बताए ।

‘साहित्यिक पत्रपत्रिका टिकाउनु राज्यको पनि दायित्व भएकाले काउन्सिलको वर्गीकरणमा पारेर मात्रै नभई त्यसलाई विशेष प्रकारले राज्यले सहयोग गर्न आवश्यक छ’ उनले भने । कार्यक्रमको अध्यक्षता गर्दै निवर्तमान अध्यक्ष नगेन्द्रराज शर्माले अब नयाँ आउने कार्यसमितिले साहित्यिक पत्रकारहरुको पक्षमा राम्रो काम गरेको हेरेर रम्न चाहेको बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका