Friday, May 1, 2026
Homeकला/साहित्यसाहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन

साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ: प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा भारतको आसाममा निधन भएको छ। उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्यिक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले राससलाई जानकारी दिनुभयो।

आसामका स्थायी बासिन्दा क्षेत्रीले नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो। ‘बसाइँ’, ‘अतृप्त’, ‘ब्रह्मपुत्रको छेउछाउ’ जस्ता प्रसिद्ध उपन्यासका साथै ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह, कथा, निबन्ध र नाटक लेखेर उहाँले नेपाली साहित्यलाई समृद्ध बनाउनुभयो।

नेपालको प्रतिष्ठित जगदम्बाश्री पुरस्कार प्राप्त क्षेत्रीलाई भानु पुरस्कारलगायत विभिन्न सम्मान प्राप्त थिए। साथै, भारत सरकारले उहाँलाई सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’बाट पनि विभूषित गरेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका