काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११ बजे सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बस्ने भएको छ।
आजको बैठकमा समितिको आगामी कार्ययोजना सम्बन्धी विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको समितिले जनाएको छ।


