Saturday, November 7, 2026
Homeसामाचारसामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं । सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता भएको छ। सरकारको अनुरोधमा विचाराधीन उक्त विधेयक फिर्ता गर्ने प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको हो।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कुनै मत नपरेपछि विधेयक फिर्ता भएको घोषणा गरेका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २० गते विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले माघ २१ गते राष्ट्रिय सभामा पत्राचार गरेको थियो। यसअघि मन्त्रिपरिषद्ले विधेयक फिर्ता लिन मन्त्रालयलाई स्वीकृति दिएको थियो।

गत वर्ष राष्ट्रिय सभामा दर्ता गरिएको उक्त विधेयक विवादमा परेपछि सरकारले अघि बढाएको थिएन। गत भदौमा सरकारले विधेयक अगाडि बढाउने प्रयास गर्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि जेनजी आन्दोलन भएको थियो। आन्दोलनसँगै सरकार परिवर्तन भएपछि विधेयक अघि बढ्न सकेको थिएन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका