Sunday, April 19, 2026
Homeअपराध र घटनासशस्त्रका नक्कली घुमुवा पक्राउ

सशस्त्रका नक्कली घुमुवा पक्राउ

विराटनगर : आफूलाई सशस्त्र प्रहरीको घुमुवा भन्दै नेपाल–भारत सीमा क्षेत्रका बासिन्दालाई धाकधम्की दिने एक युवा मोरङको धनपालथानबाट पक्राउ परेका छन् ।
सशस्त्रका नक्कली घुमुवा बनेर तस्करीको लाइन चलाउन सहयोग गर्छु भन्दै पैसा उठाउन खोज्ने रंगेली नगरपालिका–२ का २० वर्षीय मनिष राय धनपालथान गाउँपालिका–३ मायागञ्जबाट पक्राउ परेका हुन् ।

रायलाई सीमा प्रहरी चौकी मायागञ्जको टोलीले आइतबारसाँझ ७ बजेतिर पक्राउ गरेर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाएको छ ।

पक्राउ परेका रायले आफू सशस्त्र प्रहरीको घुमुवा रहेकोभन्दै नेपालबाट भारत र भारतबाट नेपालतिर तस्करीको लाइन चलाउन सहयोग गर्ने बताउँदै आएका थिए । तस्करीको लाइन चलाएर सीमा वारिपारि सामान ल्याउन र लैजान सहयोग गर्ने भन्दै उनले केही महिला र स्थानीय बासिन्दालाई धम्की दिएर पैसा असुल्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तर अहिलेसम्म उनले कोहीबाट पैसा लिएको भने खुलिसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रायविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका