Saturday, May 2, 2026
Homeकला/साहित्यसलाम सुखानी

सलाम सुखानी

सलाम सुखानी,
तिम्रो बलिदानीलाई,
जसको कारण
हामी आज गणतन्त्रको सुनौलो किरणको
न्यानोपनमा पल्लवित भइरहेका छौं
प्रिय सुखानी,
हामी कसरी भुल्न सक्छौं
तिम्रो युगचेतना
जसले नेपाली भूमिमा
सामन्तवाद र साम्रज्यवाद विरुद्धको
रातो झण्डा फर्फरायो ।
निडर सुखानी,
हामी नतमस्तक छौं
तिम्रो हिम्मतिलो ललकार
ती कायर सत्ताधारीहरु विरुद्धको
जसले वीर पुरुषहरु
रामनाथ, वीरेन, नेत्र र नारायणलाई
गोली ठोके,
ती आततायीहरुलाई के थाहा ?
ती सहिदका रक्तबीजबाट
हजारौं होनाहार क्रान्तिवीरहरु
जन्मनेछन्
अनि
सामन्ती सत्ता उल्ट्याउने छन् भनेर ।
प्यारो सुखानी
तिमीले वर्गशत्र्रु खत्तम गर्ने उद्घोष गर्दै
झापा विद्रोह गर्यो
त्यसको ताप र रापले
सिंगो नेपाललाई लपेट्यो
जसको परिणाम
समाजवादउन्मुख दिशातर्फ
हिँडिरहेको छ मुलुक ।
तर केही रङ फेर्ने छेपाराहरु
शाकाहारी भएको उद्घोष गर्ने
बुढा सिंह, गोही र गिद्धहरु
आज पनि
यत्रतत्र सलवलाईरहेका छन्
न्यायोचित समाजवादी सपनामाथि
धावा बोल्न,
तर
चिन्ता नगर सुखानी
अव हजारौं होइन
लाखौलाख कमरेडहरु जन्मिसकेका छन्
क्रान्तिको झण्डा उठाउन तम्तयार
अन्तिम क्षणसम्म ।

मयूरबस्ती, बर्दिया

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका