काठमाडौँ। सर्वोच्च अदालतले अन्तरिम सरकारलाई राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सुशीला कार्की नेतृत्वको सरकारले राजदूत फिर्ता गर्ने निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको हो।
असोज ३० गते सरकारले राजनीतिक नियुक्तिका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त ती राजदूतलाई आगामी कात्तिक २० भित्र काठमाडौं फर्किन निर्देशन दिइएको थियो।
भारतबाहेक अन्य सबै राजनीतिक नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको भए पनि, त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।


