Friday, April 17, 2026
Homeअपराध र घटनासर्लाहीमा दुई छोराछोरीसँगै महिला मृत भेटिइन्

सर्लाहीमा दुई छोराछोरीसँगै महिला मृत भेटिइन्

१२ मंसिर, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् ।

बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक महिलाका श्रीमान् विगत चार बर्षदेखि वैदेशिक रोजगारमा छन् ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ । तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका