Saturday, November 7, 2026
Homeसामाचारसरकार र डा. भुसाल–विष्टबीच ६ बुँदे सम्झौता, ११ औँ दिनमा अनशन तोडियो

सरकार र डा. भुसाल–विष्टबीच ६ बुँदे सम्झौता, ११ औँ दिनमा अनशन तोडियो

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारले ६ बुँदे सम्झौता गरेको छ। शुक्रबार भएको सम्झौतासँगै उनीहरूको ११ औँ दिनदेखि जारी आमरण अनशन तोडिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनशन तोडाएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सहमतिपत्रमा डा. भुसाल र हरिश विष्टका तर्फबाट स्वयं उनीहरू तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।

डा. भुसाल र विष्टले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन रोक्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने लगायतका माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका थिए।

सरकारसँग सहमति भएपछि उनीहरूको आन्दोलन स्थगित भएको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका