काठमाडौं: सरकारले तराई–मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ।
शुक्रबार संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा चुरे–तराई–मधेस संरक्षण परियोजनालाई पुनः संरचना गरी ‘राष्ट्रिय चुरे संरक्षण आयोजना’को रूपमा अघि बढाइने उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै सरकारले चुरे संरक्षणलाई प्राथमिकतामा राखेको जानकारी गराएका छन्।
हाल राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।


