Sunday, November 8, 2026
Homeसामाचारसम्पर्कविहीन १६ सदस्यीय हायु परिवार पोखरामा सुरक्षित फेला

सम्पर्कविहीन १६ सदस्यीय हायु परिवार पोखरामा सुरक्षित फेला

मेछाप — सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट केही दिनदेखि सम्पर्कविहीन रहेका हायु समुदायका १६ जना परिवारका सदस्य पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू भेटिएको पुष्टि गरेको हो।

प्रहरीका अनुसार उर्मिला हायुसहित १६ जना परिवारका सदस्य सोमबार बिहान १० बजेपछि सम्पर्कविहीन भएको सूचनाका आधारमा खोजी कार्य सुरु गरिएको थियो। अनुसन्धानका क्रममा थाहा हुन आएअनुसार उनीहरू शनिबार राति १ बजे नविन बिक (उमेर २५) द्वारा चलाइएको मधेश प्रदेश ०४–००१–००८१ नम्बरको ईभी भ्यान चढी बलेनीबाट खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेका थिए। उनीहरूले पोखराको लेकसाइडस्थित होटल जननीमा बसोबास गरेका थिए।

आइतबार सो होटलबाट चेक आउट गरेपछि उनीहरू पुनः सम्पर्कविहीन बनेका थिए। त्यसपछि सोमबार कास्की प्रहरीको सहयोगमा प्रहरीले पोखरा महानगरपालिका–३० स्थित दुईवटा घरबाट उनीहरूलाई फेला पारेको हो। प्रहरीका अनुसार १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी ४ जना चन्द्र भण्डारीको घरमा बस्दै आएका थिए।

हालसम्म उनीहरूले गाउँ छाड्नुको कारण खुलाएका छैनन्। प्रहरीका अनुसार अनुसन्धान कार्य अझै जारी छ। १८ सदस्यीय संयुक्त परिवारमध्ये बाँकी दुई जना पहिले नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ। उल्लेखनीय कुरा के छ भने परिवारले केही दिनअघि मात्रै सरकारले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता बुझेको थियो। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन बनेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका