Friday, May 8, 2026
Homeराजनीतिसमानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बोलाइएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। समानुपातिकतर्फ प्राप्त सिटअनुसार प्रतिनिधिसभामा पठाइने सांसदहरूको नामावलीबारे आजको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका