Friday, May 8, 2026
Homeराजनीतिसमानुपातिक उम्मेदवार सिफारिसका लागि रास्वपाको सचिवालय बैठक आज

समानुपातिक उम्मेदवार सिफारिसका लागि रास्वपाको सचिवालय बैठक आज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज (शनिबार) बस्ने गरी बोलाइएको हो।

बैठकको समय र स्थान भने सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने पार्टी स्रोतले जनाएको छ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस लगायतका विषयलाई कार्यसूचीमा राखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका