Friday, May 8, 2026
Homeराजनीतिसमानुपातिकतर्फ रास्वपा अग्रस्थानमा, ४९ लाखभन्दा बढी मत

समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा, ४९ लाखभन्दा बढी मत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न भएको छ।

निर्वाचन आयोगका अनुसार आज बिहान ५ः५० बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले हालसम्म ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३ मत पाएको छ भने नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३० मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेका छन्।

समानुपातिकतर्फ मतगणना कार्य अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका