Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियसमय अगावै बेइजिङमा भारी हिमपात, जनजीवन प्रभावित

समय अगावै बेइजिङमा भारी हिमपात, जनजीवन प्रभावित

बेइजिङ : बेइजिङमा भारी हिमपात भएको छ। शनिबार बिहानदेखि आइतबारसम्म पनि हिमपात भइरहेको सिन्ह्वाले जनाएको छ।

इन्स्टिच्यूट अफ टिबेटेन प्लेटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता डीबी कट्टेलका अनुसार हिमपात भएसँगै अत्यधिक जाडो बढेको छ। उनले शनिबार बेलुका हावाहुरीसहित हिमपात भएको जानकारी दिए।

जलवायु परिवर्तनसँगै हाल विश्वभर अनपेक्षित मौसममा परिवर्तन देखिने गरेको छ। ‘१० वर्षको अनुभवमा पहिले यति चाँडै हिमपात भएको थिएन’, कट्टेलले अन्नपूर्णसँग भने, ‘अघिल्लो वर्षहरूमा भन्दा यसपटक चीनमा चाँडै जाडो बढेको छ।’

उनले बेइजिङमा हिमपात परेसँगै सामान्य जनजीवनमा असर समेत परेको जानकारी दिए। यस्तै भारी हिमपातका कारण शान्सी, हेबेइ तथा हेनान प्रान्तलगायतका क्षेत्रमा पनि असर गरेको जनाएको छ।

हेर्नुहोस् बेइजिङमा परेको हिमपातका तस्बिरहरू :

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका