Wednesday, May 20, 2026
Homeराजनीतिसभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी

सभामुख अर्यालद्वारा श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सच्याउन चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्।

संसद्को मर्यादा विपरीत सदनमा प्लेकार्ड देखाएर विरोध जनाएपछि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले यस्तो चेतावनी दिएका हुन्।

उनले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार सांसदहरूको क्रियाकलाप र व्यवहार सच्याउन निर्देशन दिँदै सदनको गरिमा कायम राख्न आग्रह गरेका थिए।

सभामुखको चेतावनीपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नियमावलीको नियम १५ को पालना गराइयो वा गराइएन भन्ने प्रश्न उठाएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका