राजविराज (सप्तरी) — भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई ध्यानमा राख्दै सप्तरीका सबै सीमावर्ती नाका आइतबार रातिदेखि तीन दिनका लागि बन्द गरिने भएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले जारी गर्नुभएको सूचनाअनुसार विहारमा हुने निर्वाचनका कारण कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्म नाका बन्द रहने निर्णय गरिएको हो।
यस अवधिमा भारतको विहार राज्यअन्तर्गत मधुवनी र सुपौल जिल्लासँग जोडिएका सप्तरीका सबै नाकाबाट आवतजावत पूर्ण रूपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


