Wednesday, June 3, 2026
Homeमुख्य समाचारसख्खर खाँदा स्वास्थ्यलाई अत्यधिक फाइदा, चिनीले हानी

सख्खर खाँदा स्वास्थ्यलाई अत्यधिक फाइदा, चिनीले हानी

हाम्रो दैनिक जीवनमा चियादेखि कफीसम्म सेतो चिनीको प्रयोग गर्ने गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । त्यस कारण  प्रशोधित चिनीको साटो सख्खरको प्रयोग स्वस्थवर्धक मानिन्छ ।

विगत लामो समयदेखि सख्खर र चिनीमध्ये सख्खरलाई फाइदाजनक विकल्पको रूपमा मान्यता दिइँदै आएको छ । सख्खर स्वास्थ्यका लागि कुनै वरदानभन्दा कम छैन । यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट राहतसमेत प्रदान गर्छ ।

यद्यपि, सख्खरको प्रयोग पनि सीमित मात्रामा नै गर्नुपर्ने विज्ञ सुझाउँछन् । तर जब सेतो चिनीको कुरा आउँछ तब यसको साटो सख्खर चयन गर्नु राम्रो विकल्प हो किनभने सख्खर खाँदा शरीरले विभिन्न पोषक तत्त्व प्राप्त गर्छ ।

चिनीको साटो सख्खरको प्रयोग स्वास्थ्यका हिसाबले किन फाइदाजनक छ भन्नेबारे यहाँ जानकारी लिऔँ ।

चिनी बनाउने प्रक्रियामा मोलेसिस नामको ‘बाई प्रोडक्ट’ लाई हटाइन्छ । तर सख्खरमा मोलेसिस भएका कारण यो थप पौष्टिक बन्ने गर्छ ।

सख्खर भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । प्रशोधित  सेतो चिनीमा क्यालोरी मात्रै पाइन्छ । यसमा भिटामिन, मिनरल, प्रोटिन, फ्याट, फाइबर वा अन्य लाभकारी यौगिक तत्त्व केही पनि पाइँदैन । तसर्थ यो शरीरका लागि हानिकारक पनि साबित हुनसक्छ ।

प्रशोधित चिनीले प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्छ जसका कारण रोगले छिट्टै गाँज्ने सम्भावना हुन्छ र शरीरको रोगमुक्त गर्ने क्षमतामा पनि ह्रास आउँछ । जहाँसम्म सख्खरको कुरा छ, यो एउटा निकै राम्रो ‘इम्युनिटी बुस्टर’ हो । यसको सेवनले खोकी, रुघालगायतका रोगबाट बचाउने गर्छ ।

सख्खरको सेवनले पाचन प्रणालीलाई स्वस्थ, रक्तअल्पत्ताको रोकथाम हुनुका साथै यसले कलेजोको डिटक्सिफिकेशन र उत्कृष्ट प्रतिरक्षा कार्यमा सुधार गर्ने गर्छ । जबकि चिनीले मोटोपना, टाइप–२ मधुमेह, हृदयरोग, डिप्रेशन, डिमेन्सिया, कलेजोसम्बन्धी रोग र क्यान्सरसमेत हुने खतरा छ ।

हाई फ्रुक्टोज कर्न सिरप वा एचएफसीएस ५५ एक प्रकारको प्रशोधित चिनी हो जसमा ५५ प्रतिशत फ्रुक्टोज र ४२ प्रतिशत ग्लुकोज हुन्छ जबकि सख्खरमा ७० प्रतिशतभन्दा बढी सुक्रोज, १० प्रतिशतभन्दा कम आइसोलेटेड ग्लुकोज र फ्रुक्टोज र ५ प्रतिशत मिनरल हुन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका