Monday, June 8, 2026
Homeविचित्र संसारसंसारको सबैभन्दा महँगो खरबुजा

संसारको सबैभन्दा महँगो खरबुजा

संसारभरि उब्जाइने १२ सय भन्दा बढी प्रकारका खरबुजामध्ये, प्रसिद्ध डेन्सुक कालो तरबूज भन्दा महँगो वा बढी खोजिने अरु कुनै खरबुजा छैन ।

होक्काइडोको उत्तरी टापुमा थोरै मात्र फलाइने डेनसुकलाई विश्वको दुर्लभ खरबुजाहरू मध्ये एक मानिन्छ । यो प्रति वर्ष लगभग १०० युनिट मात्रै फल्ने गर्छ । यो त्यो फल होइन जुन तपाईंले बजार वा किराना पसलमा पाउनुहुनेछ ।

यो त यस्ता सिमित फलफूलमा समावेश छ जुन हरेक वर्ष सयौँ–हज्जरौँ डलरको बोलीमा लिलामी हुन्छ

इतिहासको सबैभन्दा महँगो डेन्सुक खरबुजा सन् २०१९ मा ७५०,००० जापानी येन अर्थात् लगभग ७ लाख ३४ हजार  लिलामी भएको थियो ।

कोभिड महामारीका कारण पछिल्ला दुई वर्षमा यसको मूल्य घटेको छ, तर कालो खरबुजा संसारमा अहिलेसम्मकै सबैभन्दा महँगो प्रजाति हो ।

यो कालो र चम्किलो बाहिरी भागको लागि परिचित छ ।  डेन्सुक खरबुजाको भित्री भाग क्रिस्पी खालको रहेको र अन्य खरबुजाका प्रजातिहरू भन्दा उच्च स्तरको मिठास र थोरै बीउहरू रहेको मानिन्छ । फल प्रयोग गर्ने भाग्यमानीहरुले यसको स्वाद असाध्यै मिठो भएको भन्ने गर्छन् ।

यद्यपि वार्षिक बालीको पहिलो केही लटका फलफूललाई लिलामीमा उच्च मूल्य दिइन्छ,  डेन्सुक खरबुजा प्रायः २५० डलरको बिक्री हुन्छ । यो एउटा फलको लागि तिर्नुपर्ने निकै महँगो मूल्य हो ।

अन्य लक्जरी उत्पादनहरू जस्तै, यो खरबुजा असाध्यै सुन्दर ढंगले सजाइएको क्यूबिक कार्डबोर्ड बक्सहरूमा प्याकेज गरिएका हुन्छन् र यसमा उत्पत्तिको प्रमाणपत्रहरू समावेश हुन्छन्न्, किनकि प्रामाणिकताको प्रमाण धेरै महत्त्वपूर्ण छ । यो फललाई प्रायः उपहारको रूपमा, सम्मान, कृतज्ञता व्यक्त गर्न पनि दिइने गरिन्छ ।

डेन्सुक खरबुजा अझै जापान बाहिर व्यापक रूपमा उब्जाएको छ कि छैन भन्ने स्पष्ट जानकारी त उपलब्ध छैन तर गार्डनर पत्रिकाका अनुसार, बीउहरू युरोप र उत्तरी अमेरिकामा व्यावसायिक रूपमा उपलब्ध भइरहेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका