Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Wednesday, May 13, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसामाचारसंसद भवन समयमा निर्माण गर्न सुझाव

संसद भवन समयमा निर्माण गर्न सुझाव

Himalayan Tribune
By Himalayan Tribune
June 21, 2024
0
112
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: राष्ट्रियसभा सदस्यहरुले सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसदको नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा उहाँहरुले नयाँ संसद भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको हो ।
    भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उहाँहरुले द्रूत गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । समितिका सदस्य समित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो । अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद चलाउनु परेको बताउनुभयो । उहाँले बढी श्रमिक प्रयोग गरेर भए पनि समयमा काम सक्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभयो । समितिकी सदस्य रुक्मिणी कोईरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गर्नुभएको छ ।
    समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का संसदीय समितिहरु, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ । समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ । सिंहदरबारको उत्तरपूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँ सङ्घीय संसद् भवन, राष्ट्रियसभा भवन, भीभीआईपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरु रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सामाचार

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026
      सामाचार

      स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

      May 13, 2026
      सामाचार

      पश्चिमी प्रणाली सक्रिय: आज पनि देशभर वर्षा, हिमपात र चट्याङको सम्भावना

      May 13, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026

      स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

      May 13, 2026

      मध्यपूर्व शान्तिका लागि चीनको प्रस्तावलाई इरानको समर्थन

      May 13, 2026

      रास्वपाको केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल हुने

      May 13, 2026

      आजको विनिमयदर: अमेरिकी डलर १५३ रुपैयाँ नजिक, युरो र पाउण्ड पनि महँगिए

      May 13, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      अवैध बाटोबाट अमेरिका पुर्‍याइएका युवा १४ महिना जेल बसेर डिपोर्ट

      May 13, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune