काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिका बैठक आज बस्दैछन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ८:३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ। साथै, मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमनबारे पनि विचारविमर्श गरिनेछ।
यता, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८०औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।


