Friday, May 1, 2026
Homeकला/साहित्यश्रेष्ठको ‘अक्षत अनुराग’ प्रकाशित

श्रेष्ठको ‘अक्षत अनुराग’ प्रकाशित

प्रतिमा श्रेष्ठको गीतिसंग्रह ‘अक्षत अनुराग’ प्रकाशित भएको छ । वी रिड प्रकाशन गृहबाट प्रकाशित यस पुस्तकमा ७२ वटा गीत संकलित छ । श्रेष्ठले करिब ५ सय गीत सिर्जना गरेकोमा करिब १२० जति रेकर्ड भएका छन् ।

‘अक्षत अनुराग’ संग्रहमा उनिएका ७२ वटा गीतमा प्रेमका विभिन्न स्वरुपलाई विभिन्न आयामबाट समेटिएको छ । श्रेष्ठ भन्छिन्, ‘प्रेमको न सीमा हुन्छ, न परिधि ।’ आमा, यात्रा, चाहना, दिलको कुरा, त्यो रात, तीर नचलाऊ, माफ गर, नढाँटी भन आदि गीत बेजोड छ । गीतमा प्रेमको मात्र खोजी नभई प्रेमको यात्रामा हुने पीडा र वियोगका प्रसंग पनि अभिव्यक्त भएका छन् ।

दुई दशकदेखि रेडियोमा कार्यक्रम प्रस्तोताका रुपमा काम गरेकी प्रतिमा श्रेष्ठ लामो समयदेखि गीत लेखनमा समर्पित छिन् । २०५९ सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका