Saturday, November 7, 2026
Homeसामाचारश्रीलङ्काका बाढीपीडितलाई नेपाल सरकारबाट दुई लाख डलरको सहायता

श्रीलङ्काका बाढीपीडितलाई नेपाल सरकारबाट दुई लाख डलरको सहायता

काठमाडौँ, १५ मङ्सिर — श्रीलङ्कामा हालै आएको भीषण बाढीका कारण व्यापक जनधनको क्षति भएकोप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गर्दै कठिन घडीमा नेपालले पूर्ण एक्यबद्धता जनाएको उल्लेख छ।

द्विपक्षीय आत्मीय सम्बन्धका आधारमा नेपाल सरकारले बाढीपीडित परिवारप्रति श्रद्धाञ्जली र हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

एक्यबद्धताको प्रतीकस्वरूप नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहयोग गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा श्रीलङ्का जनताले यो विपद्भन्दा उठ्न आवश्यक साहस, धैर्यता र शक्ति प्रदर्शन गर्नेमा नेपाल सरकार र नेपाली जनता विश्वस्त रहेको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका