Sunday, July 19, 2026
Homeसामाचारशिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ परीक्षण सफल, आगामी सातादेखि औपचारिक सेवा सुरु हुने

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ परीक्षण सफल, आगामी सातादेखि औपचारिक सेवा सुरु हुने

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा शनिबार उक्त प्रणालीको परीक्षण सम्पन्न भएको हो।

निकुञ्जका अनुसार परीक्षण सफल भएसँगै आगामी सातादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट ई–टिकेटिङ सेवा औपचारिक रूपमा सञ्चालन गरिनेछ।

कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक कम्प्युटर, थर्मल प्रिन्टर, क्यूआर (QR) स्क्यानरलगायतका उपकरण उपलब्ध गराइनेछ। साथै, विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा पनि क्रमशः ई–टिकेटिङ सेवा विस्तार गरिने योजना रहेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षमा ई–टिकेटिङ प्रणाली लागू गर्ने लक्ष्य लिएको जनाएको छ।

मन्त्री चौधरीका अनुसार यो प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीले सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका