Thursday, September 10, 2026
Homeसामाचारशिक्षक सेवा आयोगमा तीन पदाधिकारी नियुक्त

शिक्षक सेवा आयोगमा तीन पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) लाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका