Sunday, November 8, 2026
Homeसामाचारशार्क ट्यांक नेपालसँग टिकटकको साझेदारी, नेपाली उद्यमशीलता र मनोरञ्जनको नयाँ युग सुरू

शार्क ट्यांक नेपालसँग टिकटकको साझेदारी, नेपाली उद्यमशीलता र मनोरञ्जनको नयाँ युग सुरू

काठमाडौं — नेपालमा पहिलोपटक प्रसारण हुन लागेको चर्चित व्यवसायिक रियालिटी शो शार्क ट्यांक नेपाल सँग टिकटकले औपचारिक साझेदारी गरेको छ। यो साझेदारीमार्फत टिकटक शोको एक्सक्लुसिभ मनोरञ्जन पार्टनर बन्नेछ, जसले नेपाली उद्यमशीलता र डिजिटल मनोरञ्जनको क्षेत्रमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

शार्क ट्यांक नेपाल ले अन्तर्राष्ट्रिय फ्रेन्चाइजको नेपाली संस्करणमार्फत स्थानीय उद्यमीहरूलाई अनुभवी लगानीकर्ताहरू — ‘शार्क’ — को सामु आफ्ना इनोभेटिभ आइडिया पिच गर्ने अवसर प्रदान गर्दैछ। यसले उनीहरूलाई लगानी, मार्गदर्शन र राष्ट्रिय स्तरको पहिचान दिलाउने अपेक्षा गरिएको छ।

टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नविदका अनुसार, “यो सहकार्यले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने, प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने र नेपालकै स्टार्टअप इकोसिस्टममा योगदान पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउँछ।”

हाल शार्क ट्यांक नेपाल का सबै शार्कहरू टिकटकमा सक्रिय छन् र दर्शकमाझ आफ्ना अनुभव, सुझाव र व्यवसायिक दृष्टिकोण बाँडिरहेका छन्। टिकटकले शोसँग सहकार्य गर्दै लामो फर्म्याटका कन्टेन्टहरू समेत प्रस्तुत गरिरहेको छ, जसले मनोरञ्जन र व्यावसायिक जानकारीलाई एकैसाथ दर्शकसामु ल्याइरहेको छ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलका अनुसार, “शार्क ट्यांक जस्तो अन्तर्राष्ट्रिय स्तरको शो नेपाल ल्याउन पाउँदा गर्व लागेको छ। टिकटकसँगको साझेदारीले शोको पहुँचलाई अझ फराकिलो बनाउनेछ र युवाहरूमा उद्यमशीलता प्रवर्द्धन गर्नेछ।”

टिकटकमा शोको आधिकारिक ह्यासट्याग #SharkTankNepal छोटो समयमै चर्चामा आएको छ। केवल १० दिनभित्र टिकटकमा शोका ४० हजारभन्दा बढी फलोअर्स पुगेका छन्। सिजनभरि बिहाइन्ड द सीन क्लिप्स, शार्कहरूको प्रतिक्रिया, विशेष अन्तर्वार्ता र अन्य एक्सक्लुसिभ कन्टेन्टहरू प्रस्तुत गर्ने तयारी गरिएको छ।

यो साझेदारीले नेपाली स्टार्टअप, डिजिटल कन्टेन्ट इनोभेसन र लोकल स्टोरीटेलिङमा टिकटकको योगदानलाई अझ स्पष्ट बनाएको छ। डिजिटल मनोरञ्जनको गतिशीलता र उद्यमशील सोचलाई जोड्दै, टिकटक र शार्क ट्यांक नेपाल ले नेपाली दर्शकहरूलाई सशक्त र प्रेरणादायी सामग्री प्रस्तुत गर्ने अभियानमा हातेमालो गरेका छन्।

टिकटकबारे:
टिकटक छोटो मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। यसको उद्देश्य सर्जनात्मकता उत्प्रेरित गर्नु र खुसी फैलाउनु हो। यसका कार्यालयहरू लस एन्जलसदेखि टोकियोसम्म विश्वभर फैलिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका