Friday, April 17, 2026
Homeसामाचारशान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपतिको सन्तोष, सबैलाई धन्यवाद

शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपतिको सन्तोष, सबैलाई धन्यवाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन्। उनले यस निर्वाचनमार्फत मुलुकमा उत्पन्न जटिल राजनीतिक परिस्थितिले निकास पाएको उल्लेख गरेका छन्।

राष्ट्रपतिले निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता तथा राष्ट्रसेवक कर्मचारीलगायत सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका छन्।

साथै उनले लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जिम्मेवार भूमिका निभाउने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति आभार व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका