Thursday, October 29, 2026
Homeराजनीतिशान्तिपूर्ण निर्वाचनको वातावरण बनेको छ : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको छ : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनेको बताएका छन्।

२३ माघमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सुरुवातमा निर्वाचनको शान्ति सुरक्षालाई लिएर विभिन्न जिज्ञासा र चिन्ता रहेको उल्लेख गरे। तर अहिले सुरक्षा व्यवस्थापन प्रभावकारी बन्दै गएको भन्दै शान्तिपूर्ण निर्वाचनका लागि वातावरण तयार भएको उनले बताए।

‘निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै शान्ति सुरक्षाको विषय पेचिलो बन्न सक्ने भन्दै हामीले व्यापक छलफल सुरु गरेका थियौँ,’ कावा प्रमुख आयुक्त भण्डारीले भने।

उनले सम्बन्धित सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गरेर निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन तयारी भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका