काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
सोमबार दिउँसो २ बजे संघीय संसद भवन मा बस्नेगरी दुवै सदनको अधिवेशन बोलाइएको हो।
आजै सरकारले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, सोही सिफारिसअनुसार अधिवेशन आह्वान गरिएको जनाइएको छ।



