Saturday, May 2, 2026
Homeकला/साहित्यवैशाखको दोस्रो साता नेपाल–भारत साहित्य महोत्सव

वैशाखको दोस्रो साता नेपाल–भारत साहित्य महोत्सव

नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करण ‘नेपाल–भारत साहित्य महोत्सव–२०२२’ काठमाडौंमा आगामी २०७९ बैशाख १६ देखि १८ मा हुने तय भएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी फेस्टिबलका अध्यक्ष डा विजय पण्डितसहितको उपस्थितिमा आइतबार काठमाडौंमा भएको बैठकले उक्त निर्णय गरेको हो

काठमाडौंमा गत फेब्रुअरी २६–२८, २०२२ मा आयोजना गर्ने भनिएको नेपाल–भारत साहित्य महोत्सव कोरोना महामारीको कारण स्थगित गरिएको थियो । महोत्सवका माध्यमबाट नेपाल र भारतबीचको सम्बन्धलाई भाषा साहित्यका माध्यमबाट अझ सुदृढ बनाउने उद्देश्य रहेको छ । यस महोत्सवका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको छ ।

महोत्सवको पहिलो संस्करण वीरगन्जमा भएको थियो । महोत्सवमा पुस्तक प्रदर्शनी, साहित्यिक परिचर्चा, पुस्तक विमोचन, वरिष्ठ लेखक एवम् संस्कृतिकर्मीहरुसँग साक्षात्कार, महफिल, बहुभाषिक कवि गोष्ठी, लघुकथा वाचन, अनुवाद सत्र, साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, सम्मान, काठमाडौं घोषणापत्र जारी लगायत हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका