Saturday, July 4, 2026
Homeसामाचारविश्व वातावरण दिवस मनाइँदै, प्लाष्टिक प्रदूषण न्यूनीकरणमा जोड

विश्व वातावरण दिवस मनाइँदै, प्लाष्टिक प्रदूषण न्यूनीकरणमा जोड

काठमाडौँ, २२ जेठ: आज जुन ५, विश्वभर विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको नाराका रूपमा ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ तय गरिएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानअनुसार सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा यो दिवस मनाइँदै आएको हो। यस वर्षको आयोजक देश दक्षिण कोरिया हो, जहाँ विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ।

🌍 प्लाष्टिक प्रदूषणको अवस्थाः
संयुक्त राष्ट्रसंघका अनुसार:

हरेक वर्ष विश्वमा ४० करोड टन प्लाष्टिक फोहोर उत्पादन हुन्छ।

तीमध्ये केवल १० प्रतिशत मात्र पुनः प्रयोगमा आउँछ।

करिब १ करोड १० लाख टन प्लाष्टिक नदी, ताल, र महासागरहरूमा फालिन्छ, जसले जलजीवन र वातावरणमा गम्भीर असर पारिरहेको छ।

आजै गैरकानुनी माछामारी विरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि
जुन ५ तारिखलाई गैरकानुनी माछामार्नेविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा पनि मनाइन्छ। यो दिवस संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO)को पहलमा सन् २०१७ देखि सुरु गरिएको हो।

FAO अनुसार:

हरेक वर्ष १ करोड १० लाखदेखि २ करोड ६० लाख टनसम्म माछा गैरकानुनी रूपमा मारिन्छ।

जसले गर्दा अर्बौँ डलरको आर्थिक नोक्सानी हुने गरेको छ।

FAO ले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिका लागि गैरकानुनी माछामारी अन्त्य गर्न आह्वान गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका