Friday, May 8, 2026
Homeराजनीतिविश्वप्रकाश शर्माको प्रस्ताव: गगन थापाको राजीनामा अस्वीकृत गरिनुपर्छ

विश्वप्रकाश शर्माको प्रस्ताव: गगन थापाको राजीनामा अस्वीकृत गरिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान अवस्थामा सभापति गगन थापाको राजीनामाभन्दा स्थिति सम्हाल्नु प्राथमिक दायित्व भएको बताएका छन्।

शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने जानकारी उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत दिएका हुन्।

‘नैतिक जिम्मेवारी लिन्छु भन्नु सकारात्मक हो। तर अहिलेको प्रधान नैतिक दायित्व भनेको स्थिति सम्हाल्नु हो। बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ,’ उनले उल्लेख गरेका छन्।

शर्माले डढेलो निभाउन खटिएको व्यक्तिलाई नै आगलागीको दोष दिनु न्यायसंगत नहुने टिप्पणी पनि गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका