काठमाडौं । फिफा विश्वकप–२०२६ हेर्न अमेरिका पुगेका नेपाली अभिनेता अनमोल केसीले आफ्नो फुटबल यात्रा र अर्जेन्टिनाप्रतिको समर्थनबारे सामाजिक सञ्जालमार्फत भावुक अनुभव साझा गरेका छन्।
दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्डबीचको खेलपछि उनले सुरुमा एउटा मात्र खेल हेर्ने योजना बनाए पनि समयसँगै चार खेल र चार फरक सहरका रंगशालामा पुगेर जीवनभर सम्झिरहने अनुभव बटुलेको उल्लेख गरेका छन्।
अनमोलका अनुसार नेपालबाट सुरु भएको यो यात्रा टेक्सास, मियामी, शिकागो र एटलान्टासम्म फैलिएको थियो। उनले फुटबल आफ्नो लागि केवल खेल नभई संसारभरका समर्थकलाई जोड्ने उत्सव बनेको बताएका छन्।
सामाजिक सञ्जालमा उनले विश्वकपको रोमाञ्चक वातावरण, समर्थकहरूको ऊर्जा र अर्जेन्टिनाको यात्रालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।


