Monday, June 1, 2026
Homeमुख्य समाचारविमानस्थलको गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट

विमानस्थलको गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरिएको छ। बिहीबार एयरपोर्टस्थित गोल्डेन गेटमा नयाँ ट्राफिक लाइट जडान गरी संचालनमा ल्याइएको हो।

ट्राफिक महाशाखाले यति र तारा एयरलाइन्स प्रालीसँग सहकार्य गरी नयाँ जडान गरिएको ट्राफिक लाइटको एक कार्यक्रमका बीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरे।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य सहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोकचोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिएको बताए।

अन्तराष्ट्रिय बिमानस्थलको मुलगेटमा लाइट जडान गरी संचालनमा ल्याएको र आगामी दिनमा अन्य चोकमा समेत ट्राफिक लाइट जडान गर्ने योजना रहेको एसएसपी भट्टराईले बताए।

कार्यक्रममा बोल्दै एयरलाइन्स तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भुमिका खेल्ने बताए।  उनले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त राखे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका