Sunday, November 8, 2026
Homeसामाचारविपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्भावित विपद् जोखिमलाई ध्यानमा राख्दै सबै तहका विपद् व्यवस्थापन निकायलाई सक्रिय रहन निर्देशन दिएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी, प्रतिकार्य, खोज–उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा तथा कतिपय स्थानमा अति भारी वर्षा हुने भएकाले सम्भावित डुबान क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

विज्ञप्तिमा गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र गम्भीर खालका बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष तयारी गर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्ने व्यवस्था मिलाउन र आधिकारिक निकायले जारी गर्ने सूचनाअनुसार मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका