Friday, September 4, 2026
Homeसामाचारविपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य तथा कर्मको परीक्षा लिने बताएका छन्।

उनले विपत्तिका बेला आफ्नो जिम्मेवारीप्रति पूर्ण निष्ठावान् भएर भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको उल्लेख गरेका छन्।

‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो,’ उनले भनेका छन्।

प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैलाई कर्तव्यपथमा दृढतापूर्वक अघि बढिरहने धैर्य, शक्ति र प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका