Saturday, November 7, 2026
Homeसामाचारविद्युत् झट्काले मजदुरको मृत्यु, क्षतिपूर्तिका लागि पहल सुरु

विद्युत् झट्काले मजदुरको मृत्यु, क्षतिपूर्तिका लागि पहल सुरु

गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरिरहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारले जनाएको छ ।

निर्माण कम्पनीको विद्युत् विस्तार परियोजनामा ज्यालादारी मजदुरका रूपमा कार्यरत यादवलाई शुक्रबार विद्युत् लाइन काटिएको जानकारीका आधारमा तार तान्ने क्रममा करेन्ट लागेको थियो । उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशाला पुर्‍याइयो । उपचार सम्भव नभएपछि जनकपुर प्रादेशिक अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मृतकका परिवारले विद्युत् प्राधिकरण गौशाला र बर्दिबासस्थित निर्माण कम्पनीको कार्यालयले उचित क्षतिपूर्तिको लिखित प्रतिबद्धता दिएपछि मात्र अन्तिम संस्कार गर्ने बताएका छन् । यसका लागि आवश्यक पहल थालिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका